११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

चिनियाँ राष्ट्रपतिकाे विमानस्थलदेखि सोल्टी होटलसम्मकाे यात्रा यस्ताे रह्याे (फाेटाेफिचर)

२५ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी ४ बजेर ५५ मिनेटमा  काठमाडाैँस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल लगाएत मन्त्रीहरु विमानस्थल पुगेका थिए ।

नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गार्ड अफ अनर प्रदान गरिएको छ । सीलाई सरकारका तर्फबाट नेपाली सेनाले सम्मानस्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । सीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी समेत दिएको छ ।

राष्ट्रपति सी विमानस्थलबाट सोझै सोल्टी होटल प्रस्थान गरेका छन । उनी त्यहाँबाट केही बेरमा समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ता लागि शीतल निवास जाने छन भने त्यसपछि सोल्टी होटलमा आयोजित रात्री भोजमा सरिक हुनेछन ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार १८:४५