१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

कृषि विकास बैंक ह्याकिङ प्रकरणः बैंककै लाहान शाखाका कर्मचारी पक्राउ

१२ असोज, काठमाडौँ । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा बैंककै कर्मचारी पक्राउ परेका छन् । बैंककाे रकम लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले उक्त बैंकको लाहान शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको हाे ।

कृषि विकास बैंकबाट लुटिएको रकमको कारोबार लाहान शाखाकै कर्मचारी झाको कम्प्युटरबाट भएको देखिएपछि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको थियो । यसअघि प्रहरीले १६ जनालाई पक्राउ गरिसकेकाे छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आईतवार १७:००