१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

गैर आवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले ल्यायो चार नयाँ खाता

११ असाेज, काठमाडाैँ । गैर आवासीय नेपाली (NRN) लाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चारवटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । चार नयाँ खाताहरुमा ग्लोबल NRN FCY मुद्दति निक्षेप खाता, ग्लोबल NRN FCY मुद्दति निक्षेप खाता, ग्लोबल NRN FCY बचत खाता र ग्लोबल NRN FCY बचत खाता रहेका छन् । अमेरिकी डलरमा खोल्न सकिने NRN FCY बचत खातामा तथा मुद्दति निक्षेप वार्षिक ४ प्रतिशतसम्म व्याज प्रदान गरिने छ ।

त्यस्तै नेपाली मुद्रामा खोलिने NRN LCY मुद्दति निक्षेपमा ९.२५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज प्रदान गरिने छ । उक्त खाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ । साथै खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खाता सञ्चालकहरुलाई विदेशी मुद्रा सटहीमा पनि विशेष प्रिमियम प्रदान गरिने छ । एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीन वर्षसम्मको अवधिको हुनेछ भने यसमा न्यूनतम् मौज्दात १०,००० अमेरिकी डलर रहेको छ । हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८५ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार ११:४६