१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

कृषि विकास बैंक ह्याकिङ प्रकरण : प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोपाइटर पक्राउ

९ असोज, काठमाडौँ । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एकजना पक्राउ परेका छन् । बैंकका कर्मचारीको पासवर्ड प्रयोग गरी करिब ५ करोड रुपैयाँ चोरिएको घटनामा संलग्न भएकाे आशंकामा स्याङ्जा, वालिङका रामकृष्ण भुसाल पक्राउ परेका हुन् । उनलाई स्याङ्जाबाटै महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका भुसाल प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोपाइटर हुन् । उनको खातामा ६५ लाख रुपैयाँ कृषि विकास बैंकको लहान शाखाबाट पठाइएको भेटिएको प्रहरीले जनाएकाे छ । भुसाललाई काठमाडौँ ल्याइसकेपछि विस्तृत बयान लिइने प्रहरीले जनाएकाे छ । भुसाल भारतमा बसेका ह्याकरले खटाएको एजेन्ट हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

बुधबार बैंक ह्याकिङ प्रकरणमा संलग्न १२ जनालाई  प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार १४:१६