१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बैंक हृयाकिङ प्रकरणः मुख्य याेजनाकार पिटरले भारत बसेर योजना बनाएकाे खुलासा

८ असोज, काठमाडौँ । कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको योजनाकार काले भनिने पिटर रहेकाे खुलासा भएकाे छ । भारतमा बसेर पिटरले नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास, नवील बैंक, कैलाश विकास बैंककका साथै पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेका छन् ।


हालसम्म प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उक्त समूहले हृयाक गरेर कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख १६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ लुटेको पाइएको छ ।उनिहरूले लुटेको रकम हुण्डीमार्फत भारत पठाउने गरेकाे समेत प्रहरी अनुसन्धानबाट खुलेकाे छ । हृयाकिङमा प्रयोग हुनेहरुले भने १५ देखि ३५ प्रतिशत कमसिन पाउने गरेको पनि प्रहरीको अनुसन्धानबाट खुलेकाे छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार १५:३७