१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

कर्मचारीकै मिलेमतोमा कृषि विकास बैंकबाट ह्याकरले चोरे २ करोड रूपैयाँ, ११ जना पक्राउ

८ असोज, काठमाडौँ । बैंकका कर्मचारीको मिलेमतोमा कृषि विकास बैंकबाट ह्याकरले झण्डै २ करोड रूपैयाँ चोरी भएको छ । बैंकका उच्चपदस्थ अधिकारी र प्रहरीले बैंककै कर्मचारीको मिलेमतोमा रकम चोरिएको आशंका गरेका छन । प्रहरीले सोही अनुसार अनुसन्धान अघि बढाएको छ । प्रहरीले ब्यालेन्स सिट नै ह्याक गरेर बैंकको झण्डै २ करोड चोरी भएको जनाएको छ ।

रकम चोरी भएको विषयमा कृषि विकास बैंकले नेपाल राष्ट्र बैंकलाइ जानकारी गराएको छ । बैंकको धनगढी र सिराहा शाखाबाट व्यालेन्ससिट ह्याक गरेर रकम ट्रान्सफर गरेको भेट्टिएको बैंकका अधिकारीले बताएका छन । प्रहरीले अहिलेसम्म ११ जनालाइ पक्राउ गरेको भए पनि उनीहरूको पहिचान खुलाएको छैन । (यसअघि भुलवश २ करोड हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ ।-सम्पादक)

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार ०९:२९