१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

मेगा बैंकद्धारा न्यून आय भएका विपन्न बालबालिकालाई खाद्यान्न सहयोग

६ असोज, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले न्यून आय भएका विपन्न बालबालिकालाई खाद्यान्न सहयोग गरेकाे छ । बैंकले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको हाे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने नुन, चामल, तेलसहित बिभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गरेको हो ।

बैंकले सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका विपन्न परिवारका बालबालिकालाई खाजा खानबाट बञ्चित हुन नपरोस् र त्यसले गर्दा पढाईमा कुनै असर नहोस् भन्ने उद्देश्यले बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको हो ।

ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत असहाय तथा विपन्न वर्गका बालिबालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ । अहिले मेगा बैंकका १०२ शाखामार्फत १/१ जना बालिकालाई पनि बैंकले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार १९:४६