३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

एनआईसी एशिया बैंकको नयाँ शाखाहरु दोधारा चाँदनी, सल्लेरी र दिक्तेलमा

२९ भदौ, काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखाहरु सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा सञ्चालनमा आएको छ ।


बैंकले सञ्चालनमा ल्याएको सोलुखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरेका छन् ।

कन्चनपुर जिल्ला महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनी स्थित दोधारा चाँदनी शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनार तथा खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १, दिक्तेल स्थित दिक्तेल शाखाको उद्घाटन रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले गरे ।

प्रकाशित मिति : 20:45