२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

कांग्रेसमा गणेश प्रवृत्तिमात्र पुरस्कृतः नेता पाैडेल

९ बैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा पार्टीमा त्याग गरेको र जित्नेभन्दा पनि आफ्ना मान्छेलाई खोजीखोजी टिकट वितरण गरेका कारण अधिकांश स्थानमा पराजय भोग्नुपरेको आरोप लगाएका छन । पार्टीको केन्द्रीय समिति बैठकमा बाेल्दै नेता पाैडेलले टिकट वितरणमा आर्थिक चलखेलसमेत भएको बताउँदै उनले त्यसरी भएको पराजयको जिम्मेवार को हुने भनी नेतृत्वसँग प्रश्न गरे ।

गणेश प्रवृत्तिलाई पुरस्कृत गर्ने र कुमार प्रवृत्तिको वास्ता नगर्ने संस्कृतिको अन्त्य नभएसम्म काँग्रेसमा सुधार नहुने भन्दै उनले सानो घेरामा रहने र त्यसैमा रमाउने बानीबाट नेतृत्वलाई मुक्त हुन आग्रह गरे । विधानभन्दा माथि कोही पनि हुन नहुने भएकाले पार्टीका सबै गतिविधि विधानसम्मत हुनुपर्ने माग गर्दै नेता पौडेलले महासमिति बैठक बोलाई शीघ्र महाधिवेशन गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार २१:१८