२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

लेनिनको फोटोबिनाको लेनिन जयन्ती ! एमाले–माओवादीको कार्यक्रममा व्यानर झिकेर फालियो

९ बैशाख, काठमाडौँ । लेनिन जयन्तीको कार्यक्रममा लेनिनको फोटो नभएको भन्दै नेकपा माओवादीका कार्यकर्ताले चार्को नाराबाजी गरेका छन । पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले आयोजना गरेको संयुक्त सभामा लेनिनको फोटो नराखेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन ।

दुवै पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रममा राखिएको ब्यानरमा लेनिनको फोटो नराखेको भन्दै माओवादी कार्यकर्ताले विरोध गरेका हुन् र उनीहरुको बिरोधपछि आयोजकले ब्यानर हटाएको छ । ब्यानरमा पुष्पलाल, मनमोहन र मदन भण्डारी तथा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको मात्रै फोटो थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार १४:१९