१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

चाडपर्वलाई लक्षित गरी सीजीले ल्यायो ‘उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ उपहार योजना 

२० भदौ, काठमाडौँ । नेपालको नम्बर १ ब्रान्ड सीजीले यसपालिको महान् चाडपर्वलाई लक्षित गरी ‘सीजीसँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ नामक स्किम ग्राहकको लागि बजारमा ल्याएको छ । जसमा सीजी ब्रान्डको प्रत्येक होम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक स्योर सट उपहार प्राप्त गर्न सकिने छ ।

सीजीकाे प्रत्येक टीभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्मको महा क्यास ब्याक पाउन सकिने छ । त्यसैगरी लक्की ड्रमार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने सुवर्ण अवसर मिल्ने छ ।

सीजीको सामान खरिद गरी CG<space>Name<space>ModelNo<space>SerialNo<space>Address टाइप गरी ३४३४३ मा एसएमएसमार्फत बम्पर उपहारको लागि सहभागिता जनाउन सकिने छ ।

उपहार योजना भदौ २० गतेदेखि सीमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार १६:५२