१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

यातायात व्यवसायको सिण्डिकेट अन्त्य हुनु सकारात्मकः नाट्टा अध्यक्ष पाण्डे


२२ वैशाख, काठमाडौँ । नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले सरकारले यातायात व्यवसायभित्रको सिण्डिकेट अन्त्य गरेकोमा स्वागत गरेको छ । अापफूलार्इ कानुन भन्दा माथि सम्झने यातायात समितिको सिण्डिकेट  ढिलै भए पनि सरकारले अन्त्य गरेर सुखद् सुरूवात गरेको नाट्टा अध्यक्ष सिएन पाण्डेले प्रतिक्रिया दिएका छन । उनले दैनिकीसँग कुरा गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले यातायात क्षेत्रमा लगाउँदै आएको सिन्डिकेट खारेज गर्ने सरकारको निर्णय ऐतिहासिक भएको बताए ।

पाण्डेले खुलाबजार नीति अवलम्बन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सान्दर्भिक नभएकोले निर्णयको स्वागत गरेको बताए । यातायातको सिण्डिकेटको अन्त्यसँगै पयर्टन क्षेत्रले समेत ठूलो राहतको महशुष गरेको उनले बताएका छन ।

अध्यक्ष पाण्डेले नयाँ नयाँ गन्तव्यमा यातायातको पहुँचका लागि समत सरकारको निर्णय सराहनीय भएको बताएका छन । उनले सिन्डिकेटको खारेजीमा सघाउन आम समुदायलाई अपिलसमेत गरेका छन । अध्यक्ष पाण्डेले सरकारको निर्णयको विरोधमा यातायात व्यवसायीले घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ०८:३०