१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

रत्ननगर दुर्घटनामा दुई जना वडा अध्यक्षको मृत्यु, फारर चालक प्रहरी नियन्त्रणमा


७ फागुन, चितवन । चितवन दुर्घटनामा परी घाइते भएका अर्का वडा अध्यक्ष्यको पनि मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरेन्द्र अधिकारीको उपचारको क्रममा सोमबार बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राति रत्ननगर नगरपालिका–३ शान्तिचोकमा खैरहनी नगरपालिकाको गाडीसँग पिकपभ्यान ठोक्किएको थियो । अधिकारी उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दुर्घटनामा परी सोही नगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको गएराति नै मृत्यु भएको थियो ।

दुर्घटनाका अर्का घाइते नगरपालिकाका कर्मचारी खैरहनी–१२ का राजकुमार अधिकारीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना लगत्तै फरार रहेको पिकअप भ्यानका चालक सुमन अर्याललाई भने प्रहरीले चितवनको सूर्यपुरबाट पक्राउ गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १६:०१