३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

नेकपा माओवादी केन्द्रको बैठक जारी, मे १ मा एमालेसँग एकीकरण गर्ने प्रस्ताव

९ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्षको निवास खुमलटाररमा बसिरहेको छ । एमालेसँग पार्टी एकताको विषयमा छलफल केन्द्रीत रहेको बैठकमा अध्यक्ष प्रचण्डले एकता प्रक्रियाको प्रगतिको ब्रिफिङ गरेका छन । आजका लागि एमालेसँग पार्टी एकीकरण गर्ने तयारी रहेपनि नेतृत्वको विषयमा कुरा नमिल्दा पक्रिया लम्बिएको छ ।

बैठकमा प्रचण्डले दुई पार्टीको एकीकरण मे १ का दिन गर्न उपयुक्त हुने प्रस्ताव समेत गरेको बुझिएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन आज एउटै मञ्चबाट ओली र दाहालले एकताबारे ठोस प्रतिबद्धता जाहेर गर्ने बुझिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार ०९:५२