१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

दूधको मूल्य एकैपटक प्रतिलिटर ६ रुपैयाँले बढ्यो

१९ भदौ, काठमाडौँ । सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ । बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हाे । दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने बताए ।

उनले बढेको मुल्य शनिबारबाटमात्रै लागू हुने जानकारी पनि दिए । यसअघि किसानहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिँदै आएका थिए । किसानको दवावपछि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको प्रतिवेदनका आधारमा दूधको नयाँ मूल्य निर्धारण भएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार १७:२९