२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

माओवादीका प्रभावशाली नेतासहित ५० जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्लिन चिट

९ बैशाख, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेकपा माओवादी केन्द्रका वरिष्ठ नेतासहितका ५० जनालाई क्लिन चिट दिएको छ । आयोगले पूर्वस्वास्थ्यमन्त्री एवं बहालवाला शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पूर्वऊर्जामन्त्री जनार्दन शर्मा र सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठसहित ५० जनालाई भ्रष्टाचार र अकुत सम्पत्तिको आरोपको अन्त्य गर्दै क्लिन चिट दिएको हो ।

क्लिन चिट पाउनेमा प्रहरीका पूर्वएआईजी, विभिन्न विभागका महानिर्देशक, विश्वविद्यालयका उपकुलपतिसमेत रहेका छन । बूढीगण्डकी जलविद्युत्त आयोजनाको विस्तृत अध्ययनका लागि प्रस्ताव पेश गरेका २४ ठेकेदार कम्पनीमध्ये मूल्यांकन समितिको अन्तिम सिफारिसमा परेका ६ कम्पनीबाट बिनाआधार स्वेच्छाचारी रुपमा शर्मा नेतृत्वको ऊर्जा मन्त्रालय र विद्युत्त प्राधिकरण समतिले तीनवटालाई अयोग्य घोषित गरिएको भन्दै अख्तियारमा मुद्दा परेको थियो । उक्त मुद्दामा आयोगले शर्माको संलग्नालाई अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार ०९:१२