२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ६९ वर्ष पुग्यो, एमाले–माअोवादीले कार्यकर्तालार्इ सरप्राइज दिने

९ बैशाख, काठमाडाैँ । कम्युनिष्ट पार्टी स्थापनाको ६९ औं वर्ष प्रवेशका अवसरमा विभिन्न कम्युनिष्ट पार्टीले अाजका दिनलाई स्थापना दिवसका रुपमा मनाउँदैछन् ।

तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पुष्पलालले नै कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरी तयार गरेका थिए ।

सिद्धान्ततः मार्क्सवाद र लेलिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिष्ट पार्टी कार्यशैली र विचारधारागत मतभेदका कारण विभिन्न टुक्रामा विभाजित छन् यद्यपी यसपटक दुर्इ ठूला कम्युनिष्ट पार्टीले एकताको सकारात्मक सन्देश दिने तयारी गरेका छन ।

स्थापना दिवसका अवसरमा आज  एमाले र माओवादीले संयुक्त रूपमा कार्यक्रमको अायोजना गर्दै छन भने अन्य कम्युनिष्ट पार्टीले पनि  बिभिन्न कार्यक्रमको अायोजना गरी मनाउँदैछन । एमाले–माअोवादीले कार्यकर्तालार्इ सरप्राइज दिने तयारी समेत गरेका छन । एकताकाे ठोस घाेषाणा नभए पनि अोठो प्रतिवद्धता जनाउने बुझिएको छ ।यही दिवस मनाउँदै गर्दा देशमा अहिलेसम्मकै शक्तिशाली सरकार सञ्चालनमा रहेको छ भने त्यसको नेतृत्व पनि कम्युनिष्ट पार्टीले नै गरेका छन ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार ०५:५६