१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

जंगली हात्तीको आक्रमणबाट २१ घर भत्किए


७ फागुन, कन्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीको आक्रमणबाट २१ वटा घर भत्किएको छ ।

राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले बताएकोे छ । हात्तीले घरमा क्षति पु¥याएपछि आज बिहान त्यहाँस्थत शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । प्रहरीको टोलीले पनि घटनास्थल पुगेर क्षतिको विवरण लिएको छ ।

हात्तीले घर भत्काएपछि पीडित खुला आकाशमा बसिरहेका छन् । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले पीडितलाई तत्काल राहतस्वरुप प्रतिपरिवार रु २,००० प्रदान गर्ने जानकारी दिएकाछन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १४:०७