२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक भोलिदेखि, चुनावी पराजयको सूक्ष्म समिक्षा हुने

८ बैशाख, काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले केन्द्र तथा प्रदेशमा काँग्रेसले प्रतिपक्षमै बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन । शनिबार काठमाडाँैमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारका नीतिहरु हेरेर ठिक छ भने सहयोग गर्ने र गलत छ भने विरोध गर्ने बताए ।

काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि सञ्चालन हुने जानकारी गराउँदै उनले बैठकमा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको कारणबारे सुक्ष्म ढंगले विश्लेषण हुने बताउनुभयो । केन्द्रीय कार्यसमिति बैठकले सबैको भावनालाई सम्बोधन गर्ने हुँदा त्यसपछि काँग्रेस एक ढिक्का हुने विश्वास व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएकोले पार्टीको संगठनात्मक ढाँचामा अघि बढ्ने बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार २२:०३