सिंहदरबारको पूर्वी गेटमा ११ हजार भोल्टेजको लाइन पड्कियाे
११ भदाै, काठमाडाैँ । सिंहदरबारको पूर्वी गेट छेउ र उर्जा मन्त्रालयको छेउमा ११ हजार भोल्टेजको विद्युत लाइन पड्किएको छ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा विद्युत अवरुद्ध भएपछि कामकाज ठप्प भएको छ । अहिले प्राधिकरणका कर्मचारीले विद्युत लाइन मर्मत गर्न थालेका छन् ।
दिउँसो ३ बजेसम्म विद्युत सेवा सुचारु हुने नेपाल विद्युत प्राधिकरण रत्नपार्क नो लाइटका कर्मचारीले जानकारी दिए । विद्युत अवरुद्ध भएपछि कम्प्युटर तथा इन्टरनेटमा आधारित भएर गर्नुपर्ने काममा बाधा पुगेको छ ।
प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार १४:५१