१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

ताप्लेजुङमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

१० भदाै, ताप्लेजुङ ।  माछापुच्छ्रे बैंकले ताप्लेजुङमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकको १२२औँ शाखा कार्यालयको आज एक कार्यक्रमबीच फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

उक्त शाखाले असारदेखि नै कार्यालय स्थापना गरी कारोवार गर्दै आएको छ । माछापुच्छ्रे« बैंकले मुलुकभर १३६ शाखाबाट बैंकिङ सेवा दिँदै आएको ताप्लेजुङ शाखाका प्रबन्धक उमेश बाँस्कोटाले जानकारी दिनुभयो । माछापुच्छ्रे« बैंकले १५७ ठाउँमा एटीएम सेवा सञ्चालन गरेको छ भने १२३ ठाउँमा शाखारहित बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको छ ।

ग्रामीण क्षेत्रका सर्वसाधरणलाई लक्ष्य गरी शाखा विस्तार गरिएको माछापुच्छ्र«े बैंकका १ नम्बर प्रदेश प्रमुख अजय आचार्यले बताउनुभयो । “भदौ १७ गतेसम्म खाता खोल्ने महिलालाई आकर्षक चुरा र पोते वितरण गर्ने योजना छ”, उहाँले भन्नुभयो । बैंकले हरितालिका तीजको अवसरमा उक्त योजना ल्याएको हो ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार २०:०३