१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

राजस्व चुहावट गर्नेलाई जेल हाल्नुपर्छः अर्थमन्त्री खतिवडा

१० भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानुपर्ने बताएका छन् ।

राजस्व चुहावट  ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री खतिवडाले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै जेल सजाय गर्नुपर्ने बताएका हुन् । मन्त्री खतिवडाले राजश्व चुहावट अथवा अपचलन बदनियत राखी नै गरिने भएको हुँदा यस्तो कामलाई दुरुत्साहन हुनेगरी नै एक दिन भएपनि जेल जानुपर्ने व्यवस्था गर्न लागिएको बताए ।

बैठकमा पूर्वअर्थमन्त्रीहरुले भने यस विषयमा फरक फरक धारणा राखेका छन् । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमा भएको दण्ड सजायको व्यवस्थाले उद्योगी व्यवसायी आतंकित भएको भन्दै जरिवाना र जेललाई जोड दिनु भन्दा राजश्व असुलीलाई प्राथमिकता दिने गरि विधेयकमा व्यवस्था गरिनुपर्ने बताए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार १८:१३