२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आफ्नै घरमा रड प्रहार

८ बैशाख, काठमाडौँ । प्रदेश ३ को भक्तपुरमा रहेको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि शनिबार साँझ आक्रमण भएको छ । साँझ ६ बजे मेयर श्रेष्ठ आफ्नै घरभित्र प्रवेश गर्दा मेयर श्रेष्ठमाथि नचिनेका दुई व्यक्तिले रडले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

घरको ढोकाबाट भित्रै छिदै गर्दा ‘मेयर साब’ भन्दै फलामको रडले हान्न थालेपछि मेयर श्रेष्ठ नजिकै रहेको मोबाइल पसलमा पसेर ज्यान जोगाएका थिए । घाइते श्रेष्ठको अहिले मध्यपुर अस्पतालमा उपचार भैरहेको छ । मेयरमाथि आक्रमण गरेपछि ती व्यक्तिले मेयरको बा ८ च ८७२० नम्बरको निजी गाडी समेत तोडफोड गरेका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार २१:२६