१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

व्यवसायीको हितमा दिएको छुटमा बदमासी गरे कडा कारवाही हुन्छः अर्थमन्त्री खतिवडा

१० भदौ, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीले सरकारलाई छल्ने काम गरेको भन्दै असन्तुष्टि पाेखेका छन् । अर्थमन्त्री खतिवडाले व्यवसायीलाई काममा प्रोत्साहन गर्न सरकारले विभिन्न छुट दिएपनि त्यसलाई गतल ब्याख्या गरी व्यवसायीले बदमासी गरेको भन्दै अन्तुष्टि व्यक्त गरे ।

सरकारले दिएको छुटलाई गलत परिभाषा र गलत प्रयोग गरेकोमा व्यवसायीको आलोचना गर्दै अर्थमन्त्री खतिवडाले घाटाको व्यवसाय नगर्ने बताएा छन् । सरकारले विद्युतीय गाडी आयातमा कर छुट दिएको तर केही ब्यापारीले ब्याट्रीबाट स्टार्ट हुने तर पेट्रोलले चल्ने गाडी ल्याएर करछुट माग्दै बदमासी गरेको मन्त्री खतिवडाले आरोप लगाउनुभयो । ‘२८० प्रतिशतसम्मको राजस्व गुमाउनुपर्ने, त्यस्तो घाटाको व्यवसाय सरकारले गर्दैन’, मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सो को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘तपाईंहरूलाई निश्‍चित संरक्षण दिने हो । आउनुस् त्यस्ता उद्योग खोल्नुस् त्यो संरक्षण चाहने जति कर छुटहरू अत्‍तशुल्कहरू भन्सार छुट दिन सरकार तयार छ ।’

विद्युतीय सवारीसाधन सरकारको प्रथामिकतामा रहेको खतिवडाको भनाइ छ । हाइब्रिड कारकोको नाममा स्टाट मात्रै ब्‍यट्रीले हुने र चलाउँदा डिजेल आवश्‍यक पर्ने गाडी भन्सारमा लिएको भन्दै छल्ने प्रयास नगर्न खतिवडाले आग्रह गर्नुभयो । ‘हामीले दिएको छुट भनेको यस्तो छुट हैन कि ९० प्रतिशत परम्‍परा ऊर्जा नै खपत होस् र १० प्रतिश्त विद्युतको प्रयोग गरोस् र भन्सारमा सबै प्रकारको हुँदै हैन व्याख्या छ भने सच्याउँछौ आयात गर्दै हुनुहुन्छ भने नगर्नुस्’, मन्त्री खतिवडाको भनाई छ । विद्युतीय सवारीसाधनका उद्योग संचालन गर्दा सरकारले २० देखि २५ प्रतिशतको छुट दिने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले गएको १० वर्षमा अटो व्यापार बढेको भन्दै तीव्र आर्थिक वृद्धिको अवस्थामा धेरै गाडी आयात फाइदाजनक नहुने बताए । अब सबै गाडी आयात गरेर बेच्ने भन्दा पनि देशमै गाडी ‘एसेम्बल’ गर्न अर्थमन्त्री खतिवडाले व्यवसायीलाई आग्रह गरे । जुनसुकै देशमा पनि पहिला ‘एसेम्बलिङ’ हुने र पछि बल्ल गाडी कम्पनी नै खुल्ने गरेको भन्दै अर्थमन्त्री खतिवडाले सरकारले यस्ता उद्योगलाई कर छुट दिने बताए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार १३:३२