२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

भारतीय प्रधानमन्त्री मोदी एक मिहनाभित्र नेपाल आउने, भ्रमणको तयारी सुरु

८ बैशाख, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदी अबको एक महिनाभित्र नेपाल भ्रमणमा आउने भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल आउन लागेका मोदीको भ्रमणको अनौपचारिक तयारी सुरु भएको छ । यही वैशाखको अन्तिम साता वा जेठको दोस्रो साता मोदीले नेपाल भ्रमण गर्नेछन ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ (वैशाख २८) मै नेपाल भ्रमणमा आउन लागेको समाचार आज छापेको छ । यद्यपी परराष्ट्र मन्त्रालय स्रोतले मोदी जेठ ११ मा आउने र त्यसको तयारी सुरु भएको जनाएको छ । मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ ।

नाकाबन्दी अघि नेपालीबा बीचमा हाइहाइ भएका मोदी त्यसपछि भने निरन्तर आलोचित हुँदै आएका छन । भूकम्पको पीडामा रहेका नेपालीलाई मानवअधिकार हनन हुनेगरी नाकाबन्दी लगाएर मोदीले अपराध गरेको भन्नेहरु पनि छ यद्यपी सरकारमा पुगेहरुले सम्बन्ध उच्चस्तरमा पुगेको भन्दै पुरानो कुरा ढाकछोपको प्रयत्न गर्ने गरेका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार १३:४२