२ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026

नेप्से पुनः ओरालो यात्रामा

८ भदाै, काठमाडाैँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ ।

कूल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर रु ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार नेप्से आज अपरान्ह २ बजेसम्म घटेर एक हजार २०१ विन्दुमा झरेपनि त्यसपछि भने पुनः बढेर एक हजार २०९.६२ विन्दुमा पुग्यो ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लाग्यो भने दश उपसमूहको शेयर घटेको छ । होटल ३.०४ र उत्पादन ११.३ विन्दुले बढ्दा बैंकिङ १.६६, व्यापार २.०३, विकास बैंक २.२१, जलविद्युत् १५.१४, वित्त ०.६, निर्जीवन बीमा ३१.३२, अन्य ०.०७, लघुवित्त ४.२, जीवन बीमा ५१.०७ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको रु तीन करोड २१ लाख ३० हजार ८०० मूल्यमा शेयर खरीद बिक्री भए । यस्तै नेपाल बैंक लिमिटेड रु दुई करोड ४१ लाख ५३ हजार ४३३, नेशनल लाइफ इन्स्योरेन्स रु एक करोड ९५ लाख ७८ हजार २४३, नेपाल इन्भेस्टमेन्ट बैंक रु एक करोड ५२ लाख ८९ हजार ५३२, एनआइसी एशिया रु एक करोड ४६ लाख ३७ हजार ५३९ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर रु एक करोड १० लाख ५८ हजार २०३ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज बढी कमाउनेमा सिर्जना फाइनान्स वित्तीय संस्था रहेको छ । सो कम्पनीका शेयरधनीले ४.२१ प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ३.३४, सिन्धु विकास बैंक रु ३.१३, स्वरोजगार लघुवित्त विकास बैंक ३.०१, गुराँस लघुवित्त वित्तीय संसथा २.९२ र बोटलर्स नेपाल तराई लिमिटेडका शेयरधनीले २ प्रतिशतले कमाए ।

यस्तै धेरै गुमाउनेमा पाँचथर पावर कम्पनी रहेको छ । सो कम्पनीका शेयरधनीले ७.२० प्रतिशतले गुमाए । त्यस्तै युनिभर्सल पावर कम्पनी ४.८१, आइएमई जनरल इन्स्योरेन्स ३.५६, नेशनल हाइड्रोपावर कम्पनी ३.३८, खानीखोला हाइड्रोपावर ३.३८, दिव्यश्वरी हाइड्रोपावर ३.३३ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आईतवार १६:३१