१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

भन्नुस् योग्य चालक बन्न के गर्नुपर्छ ? (गजल)

–लोकेश भट्ट (काजी)

एउटा सफल लेखक बन्न के गर्नुपर्छ ?
अनि असल उत्प्रेरक बन्न के गर्नुपर्छ ?

योग्यताका चाङ थुप्रै छन् झोला भरी,
अब समाज परिवर्तक बन्न के गर्नुपर्छ ?

देशले समृद्दि मागेको युग बितिसक्यो,
विकासको संबाहक बन्न के गर्नु पर्छ ?

एउटा मूल समस्या भ्रष्टाचार पनि हो,
यो विरुद्ध आक्रामक बन्न के गर्नुपर्छ ?

देश द्रुतगतिमा हाक्न म तयार भए भने,
भन्नुस् योग्य चालक बन्न के गर्नुपर्छ ?

हाल भारत ।

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार ०७:५४