३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

युवा संघमा काम गर्दा गौरवबोध भयोः दिलु पन्त

७ बैशाख, काठमाडाैँ । नेकपा एमालेकी नेतृ एवम् युवा संघकी पूर्व उपाध्यक्ष दिलु पन्तले युवा संघमा तिता मिठा अनुभवका चाङ बनाएकाे भन्दै  अापफू सधैँ न्यायका लागि लडेकाे बताएकी छिन । युवा संघ मार्फत नै राजनीतिमा प्रवेश गरेको बताउँदै उनले ३० वर्षको उर्जाशील संगठनमा लगाएको बताएकी छिन । अाफ्नो फेसबुकमा बोल्ड सेल्फीसहित लामाे स्टाटस पोस्ट गर्दै पन्तले अाफूलार्इ युवा संघमा क्रियाशिल हुन पाउँदा गाैरब बाेध भएकाे बताएकी छिन ।

पढ्नुस पन्तको फेसबुक पोस्ट

युवा संघ नेपाल मेरो राजनैतिक जिवनको महत्वपूर्ण कालखण्ड व्यतित भएको प्यारो संगठन हो। किशोरावस्थामा राजनैतिक चेतना भएको मेरो परिवारको प्रेरणाले कम्युनिष्ट पार्टीमा क्रियाशील हुने अवसर/परिस्थितिको सृजना गराएको थियो। जव म राजनितिका प्रारम्भिक खुड्किलो उक्लने कोशिषमा थिए त्यस वेला तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालवाट मेरो औपचारिक संगठित राजनिति शुरू भएको थियो।

जिवनका ऊर्जाशील करिव ३ दशक समय मैले मेरो विवेक र क्षमताले भ्याएसम्म नेपाली युवा आन्दोलनमा समर्पण गरेको छु। मेरो प्यारो पार्टी नेकपा एमाले र युवा संघको स्थानीय तह देखि केन्द्रीय नेत्रित्व सम्म क्रियाशील बन्न सकेकोमा मलाई गौरवबोध बाहेक कुनै पश्चात छैन। जीवनका बाँकी समय न्यायपूर्ण समतामूलक समाज निर्माणका निम्ति व्यतित गर्नेमा कुनै दुविधाभाष छैन।

युवा संघ नेपालमा आवद्ध भै अगाडि बढीरहँदा म संग थुप्रै तिता मिठा अनुभवहरुका चाङ छन। कठिन समस्याहरू संग जुध्दा होस या कतिपय समयमा सहयोद्धाहरुका पेचिला शब्दबाँड, रूखो ब्यबहार झेल्दा होस मैले आफुलाई संघकै हितमा उभ्याउने कोशिश गर्दै आईरहे। यद्यपि युवा संघमा न्याय, बिधि, बिधान र युवा आन्दोलनको हितमै काम गर्ने प्रयत्न म बाट हुदैआईरहेको छ। ब्यक्तिगत हितमा आफुलाई केन्द्रित गरि स्वार्थ अनुकूल सम्झौता गरेको भए राजनितिका अनेक अवसर उपभोग गर्ने मौका प्राप्त हुने सम्भावना विच पनि यस्त कदम मेरा लागि कहिल्यै रूचिको विषय बनेन र बन्ने पनि छैन।

आज आफुले मेहनत र लगानी गरेको युवा संघबाट औपचारिक विदा लिने निर्णय गर्दा राजनैतिक जिवनको फ्ल्यास ब्याक आँखा अगाडि नाचिरहेको छ। युवा संघको उपाध्यक्ष सम्मको हैसियतमा उभिएर पछाडि हेर्दा निलो र रातो पृष्ठभूमिमा चम्किलो तारा अंकित झण्डा साह्रै प्यारो महशुस गरिरहेको छु। मलाई विश्वास छ संघको अगामी जिवन थप प्रभावकारी एवं गतिशील बन्ने छ।

अन्तमा युवा संघमा रहदा सबैखालका सहयोग उपलब्ध गराएर मलाई निरन्तर क्रियाशील हुन प्रेरित गर्नुहुने पार्टीका श्रद्धेय नेता कमरेडहरू, अभिभावकत्व प्रदान गर्नुहुने संघका पुर्व एवं वर्तमान नेता कमरेडहरू, केन्द्र देखि स्थानीय स्तर सम्मका असंख्य नेता कार्यकर्ता कमरेडहरूलाई धेरै धेरै आभार सहित धन्यबाद ब्यक्त गर्दछु।

साथै नयाँ जिम्मेवारी प्राप्त गर्नुहुने अध्यक्ष कमरेड रमेश पौडेल लगायत सबै कमरेडहरूलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।

दिलकुमारी पन्त
निवर्तमान उपाध्यक्ष
युवा संघ नेपाल केन्द्रीय कमिटी

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार १७:२७