१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

माटोको ढिस्कोमा पुरिएर सासू र बुहरीकाे मृत्यु


७ फागुन, संखुवासभा । संखुवासभा जिल्लाको मादी नगरपालिका–४ मा रहेकाे डाँडागाउँमा रातोमाटो खन्ने क्रममा माटाेले पुरिएर २ जनाकाे मृत्यु भएको छ। सोमबार माटाे खन्नेक्रममा एकै परिवारका सासू र बुहारीको घटनास्थलमा नै माटोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ । करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा बिकको माटोले पुरिएर ज्यान गएको हो । मृतकको शव परीक्षणाका लागि चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १२:००