२ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026

नेपाल राष्ट्र बैंकले सोमबार २ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १९:२०