२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

१ भदौ, काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन्। उच्च अदालतमा उनले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेजीकाे माग गरेकी थिइन् ।

शिल्पाको उक्त निवेदनमा साउन २४ गते सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौँले दिएको पक्राउ पुर्जीको आदेश रोक्न अस्वीकार गरेको थियो। उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी थिइन् ।

शिल्पाले काठमाडौँ जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन्। त्यहाँबाट आफू अनुकुल आदेश नभएपछि शिल्पाले साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिइन्।

प्रकाशित मिति : 16:49