३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

अोली र प्रचण्ड एकअर्काप्रति सशंकित हुँदा एमाले–माअोवादी एकता अबरूद्ध

६ बैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकअर्कोप्रति सशंकित हुँदा पाटी एकता अबरूद्ध भएको छ । वैशख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एकता गर्ने घोषणा गरेका दुर्इ नेताले एक अर्कालार्इ विश्वास नगर्दा पार्टी एकतको प्रकिया नै अबरूद्ध बनेको छ ।

पूर्व सहमति अनुसार वैशाख ९ मा एकता हुनुपर्नेमा समान्य तयारी समेत हुन सकेको छैन । एकता संयोजन समितिको बैठकले दुर्इ अध्यक्षलार्इ बाँकी विषय मिलाउने जिम्मा  दिए पनि अोली प्रचण्डप्रति र प्रचण्ड अोलीप्रति संशकित हुँदा समस्या सिर्जना भएको छ । बिहीबार दुर्इ अध्यक्षका बीचमा लामो कुराकानी भए पनि कुनै ठोस सहमति भने हुन सकेन ।

पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले यही वैशाख ९ गते पार्टी एकतासम्बन्धी अन्तिम निष्कर्ष निकाल्न दुई पार्टीका अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार १७:५७