३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

आफैँलाई हानीहुने के गल्ती गरिन  ऐश्वर्या रायले ?

२९ साउन, काठमाडाैँ । विश्व सुन्दरी ऐश्वर्या राय बच्चनले  जिवनकाे उतार चढावमा केहि गलती गरेकी छिन् । अभिषेक बच्चनसँग विहे गरेपछि फिल्मी दुनियाँबाट केही पर रहेकी ऐश्वर्या जीवनका मोडहरुमा थुप्रै गलत फैसला लिएकी थिइन् । प्रेम जीवनमा मात्र होइन उनले करियरको सम्बन्धमा पनि थुप्रै पटक गलत फैसला लिएकी थिइन् ।

सन् १९९६ मा रिलीज भएको फिल्म ‘राजा हिन्दुस्तानी’ मा लिड भूमिकाको लागि करिश्मा कपूरभन्दा पहिले ऐश्वर्यालाई अफर गरिएको थियो । तर, उनले उक्त प्रस्तावलाई अस्विकार गरिन् । पछि फिल्म सुपरहिट भयो ।

सन् १९९८ मा सुपरहिट ब्लकबस्टर फिल्म ‘कुछ कुछ होता है’ को लागि ऐश्वर्यालाई अफर गरिएको थियो । तर, ऐश्वर्याले अस्विकार गरिन् । उनको रोलमा रानीलाई लिइयो । फिल्म र रानी दुवै सुपरहिट भए ।

 सन् २००१ मा आएको फिल्म ‘अशोका’ का डाइरेक्टरको पहिलो रोजाइ ऐश्वर्या थिइन् । तर ऐश्वयालाई उक्त फिल्ममा काम गर्न मन लागेन । फिल्ममा लिड रोलमा करिना कपूरलाई लिइयो ।

सन् २००३ मा रिलीज भएको फिल्म ‘मुन्नाभाई एमबीबीएस’ मा लिड रोलको लागि सबैले शाहरुख खान र ऐश्वर्या रायको जोडीलाई मन पराएका थिए । तर दुवैले फिल्म खेलेनन् ।

  सन् २००६ मा रिलीज भएको फिल्म ‘करपोरेट’ मा ऐश्वर्याले साइन गर्ने चर्चा चलेको भएपनि विपाशाले रोल निभाइन् ।

हरर फिल्म ‘भूल भुलैया’ मा निर्देशकको पहिलो राेजाई ऐश्वर्या थिइन् । उनले अस्विकार गरेपछि विद्या बालनलाई लिइयो ।

 केहि समयअघि मात्रै रिलीज भएको फिल्म ‘बदलापुर’ को लागि ऐश्वर्यालाई कास्ट गरिएको थियो । तर उनले फिल्म खेल्न मानिनन् ।

ऐश्वर्याले जीवनमा थुप्रै त्यस्ता फिल्म खेल्न अस्विकार गरिन् । जुन निकै सुपरहिट भए । फिल्म नखेल्ने गलत फैसलाले उनको करियरमा पनि निकै असर पारेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार १२:५७