२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

कुन पैसा फिल्ममा लगानी गर्दैछन् धुर्मुस–सुन्तली ? रंगशाला बनाउने पैसा त हाेइन ?

२४ साउन, काठमाडाैँ । चर्चित हाँस्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले नयाँ फिल्म निर्माण गर्दै छन् । उनिहरूले निर्माण गर्न लागकाे ‘सेन्टी भाइरस’ फिल्ममा कुन पैसा लगानी हुँदै छ ? भन्ने खुल्दुली अुनु साेभाविकै हाे । सामाज सेवामा समेत सक्रिय रहेका सिताराम र कुञ्जनाले चितवनमा ‘गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ बनाउन पनि लागिपरेका छन् । कतै रंगशाला बनाउने रकमले चलचित्र बनाउन लागेका हैनन् ?

चलचित्रको घोषणा कार्यक्रममा सितारामले भनेका छन् –‘धुर्मुस–सुन्तलीको चलचित्रमा लगानी अर्कै मानिसको रहेकाे छ । विगत १ बर्षदेखि चलचित्र निर्माण गर्ने तयारी गरेकाे र यो चलचित्रमा सम्पूर्ण लगानी डिन्डु लामाको हुने धुर्मुसले बताएका छन् । चलचित्रले नाफा कमाएको खण्डमा २० प्रतिशत रकम सामाजिक सेवामा लगाउने निर्णय गरेकाे र  १५ प्रतिशत रकम गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा खर्च गर्ने निर्णय गरेकाे समेत धुर्मुसले बताएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार १५:०४