९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

सिण्डिकेटको पक्षमा हुने आन्दोलनको प्रतिकार गर्छौः ऐन महर, महासचिव अनेरास्ववियु

५ बैशाख, काठमाडौँ । अनेरास्ववियुका महासचिव ऐन महरले यातायात व्यवसायीको सेण्डिकेटको प्रतिकार गर्ने चेतावनी दिएका छन । सरकारको निर्णयको बिरोधमा यातायात व्यवसायीले बिरोध जनाउँदै आन्दोलनको कार्यक्रम सार्वजनिक गरे लगत्तै महासचिव महरले व्यवसायीको आन्दोलनको प्रतिकार गर्ने चेतावनी दिए ।

महासचिव महरले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक रुपमा अपिल गर्दै अनेरास्ववियुका कार्यकर्ताहरुलाई प्रतिकारका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन । महरले लेखेका छन ‘सिन्डिकेट लगाउन पाउनु पर्छ भन्दै जनजिवनलाई अस्तब्यस्त बनाउने र समृद्धिको अभियानलाई कमजोर बनाउन गरिएको कथित आन्दोलनको अनेरास्ववियुले सशक्त प्रतिकार गर्नेछ । देश भरिका अनेरास्ववियु का नेता कार्यकर्ता साथिहरुलाई तयारी अवस्थामा रहन अनुरोध गर्दछु ।’

सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आजैमात्र आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट यातायात व्यवसायीहरुको जिल्ला प्रशासन कार्यालयबाट दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार १४:४५