१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

प्रदेश ३ को राजधानी सार्ने प्रस्ताव छलफल नगराउन कांग्रेसको दबाब


४ वैशाख, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् । सभापति देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै यसलाई तलमाथि नगर्न आग्रह गरे ।

उनले प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलवार १३:५९