प्रचण्डले मागे अनुसार दिन एमाले तयार भएन, बैठक निष्कर्षबिहीन, सहमतिको जिम्मा दुर्इ अध्यक्षलार्इ
४ वैशाख, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक निष्कर्षबिहीन भएको छ । प्रचण्डको माग अनुसार नेकपा एमाले दिन तयार नभएपछि बैठक निष्कर्ष बिहीन भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार संयोजन समितिमा सहमति जुट्न नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सहमति जुटाउने जिम्मा दिइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिएको हो । अब दुई नेताले समझदारी गरेपछि समितिको अर्को बैठकमा एकताको मिति तय गर्ने बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलवार १३:४६