१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

प्रचण्डको पद सुनिश्चित भए वैशाख ९ मै एमाले–माओवादी पार्टी एकता


४ वैशाख, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकताको विषय माओवादी अध्यक्ष प्रचण्डको भविष्यको पदसँग जोडिएको छ । पार्टी एकता लगत्तै अर्को महाधिवेशन नहुँदासम्म दुबैले अध्यक्षता गर्ने सहमति भएपनि त्यसपछि के हुने भन्नेमा निश्चितता नहुँदा एकता अन्योलमा परेको छ ।

बाहिर प्रचारमा माओवादी नेताहरुको व्यवस्थापनको विषयलाई ल्याइए पनि महाधिवेशनपछि प्रचण्डको हैसियत के हुने भन्ने कुराले एकता प्रभावित भएको छ । एकता महाधिवेशनपछि प्रचण्ड र माधवकुमार नेपाल दुबैले अध्यक्ष हुने लालचा पालेका छन । यता नेपालले त आफ्नो नाममा चलेको लामो समयको गुटबन्दीको क्रियाकलाप समेत निष्क्रिय बनाएका छन ।

नेपालले गुटको नेतृत्व नगरिदिँदा उपमहासचिव घनश्याम भुषाल र योगश भट्टराईहरुले खनाललाई अघि सारेर गुटबन्दीको क्रियाकलाप गरिरहेका छन । नेपालका नजिकका र नजिक हुन चाहनेले महाधिवेशनपछिको अध्यक्ष माधवकुमार नेपाल हुने र त्यसका लागि ओलीले बचन दिएको बतााउँदै हिड्न थालेपछि एकताप्रक्रियामा समस्या देखिएको हो ।

एमालेकै दोस्रो तहका नेताहरुको यस्तो क्रियाकलापका कारण माओवादी शशंकित देखिएको छ । पार्टी एकतालाई निर्णाय मोडमा पु¥याउन भन्दै अहिले एकता संयोजन समितिको बैठक समेत बोलाइएको छ । आजको बैठकमा कार्यदलले बुझाएको मस्यौदामाथि छलफल गरेर अन्तिम रुप दिइने बताइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलवार ०८:३३