छवि र शिल्पाको विवाह दर्ता गराउने वडा सचिव प्रकाश पौडेलको ह्रदयघातका कारण मृत्यु
१४ साउन, काठमाडौँ । छवि र शिल्पाको विवाह दर्ता गराउने काठमाडौँ महानगरपालिका -८ का वडा सचिव प्रकाश पौडेलको ह्रदयघातका कारण मृत्यु भएकाे छ । छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको आरोपमा वडा सचिव पौडेलविरुद्ध उजुरी दिएकी थिइन ।
छवि र शिल्पाविरुद्ध प्रहरीले प्रकाउ पूर्जी जारी गरेको अवस्थामा तनावमा रहेका पाैडेलको ह्रदयघातका कारण मृत्यु भएको हो । काठमाडाैँको सामाखुशी रानीबारीमा बस्ने वडा सचिव पौडेलकाे आइतबार बिहान ३ बजे ग्राण्डी अस्पताल लैजानेक्रममा निधन भएको थियो । उनको मंगलबार नै पशुपति आर्यघाटमा दाह–संस्कार गरिएको छ ।
प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलवार १८:२४