‘मुन्नी’आउनसाथ रोकिएकाे हाे त भद्रगाेल ?
१० साउन, काठमाडाैँ । नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको प्रशारण साउन ३ गते राेकीएकाे थियाे । भद्रगोलको नयाँ श्रृंखलाको पर्खाइमा रहेका दर्शकहरू अन्योलमा रहेका बेला भद्रगोलकै एक कलाकारले भद्रगोल रोकिनुको कारण खुलाएका छन् । भद्रगाेलमा अभिनय गर्ने कलाकार सुवोध गौतमले नयाँ आर्थिक वर्ष शुरू भएपछि नवीकरण लगायतका प्रक्रिया पूरा नभएकाले भद्रगोल रोकिएको सन्देश सामाजिक संञ्जाल फेसबूकमा लेखेका छन् ।
गौतमले फेसबूकमा लेखेका छन् ।पछिल्लो दुई श्रृंखलामा ‘मुन्नी’को भूमिकामा देखिएकी प्रियना आचार्यलाई तेस्रो श्रृंखलामा देख्न पाइएला कि नपाइएला भनेर दर्शकहरू कौतुहल थिए । अब त्यो कौतुहलता अझै केही दिन रहने भएको छ ।
प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार १२:४२