९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नेकपा एमालेको स्थायी समिति बैठक आज साँझ बस्दै, यस्ता छन एजेण्डा

३ वैशाख, काठमाडौं । नेकपा एमाले स्थायी समितिको बैठक आज साँझका लागि बोलाइएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दैनिकीलाई जानकारी दिए ।

बैठकमा पार्टी एकताको बारेमा देखिएको अविश्वास कसरी हटाउने भन्ने बारेमा छलफल हुने बताइएको छ । त्यस्तै पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकाको एजेण्डा पनि तय हुने वा ती दुबै बैठक स्थगित हुने सम्भावना रहेको छ ।

पार्टी एकता वैशाख ९ मा गर्नका लागि जसरी तयारी हुनुपर्ने थियो त्यो अनुसार त्यारी नभएकाले एकता प्रक्रियामा अविश्वास पैदा भएको छ । त्यस्तै आजैको बैठकले राष्ट्रिय योजना आयोग र बित्त आयोगमा कसलाई पठाउने भन्ने बारेमा छलफल गर्ने बुझिएको छ ।

योजना आयोगको उपाध्यक्षमा डा पुष्प कडेँल र बित्त आयोगमा डा डिल्लीराज खनाल वा डा गोविन्दबहादुर थापा मध्येबाट नियुक्त हुने एमाले उच्च स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १३:१८