१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाँदै, वैशाख भित्रै प्रधानमन्त्रीकोे भ्रमण गराउने तयारी


३ वैशख, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ६ दिने भ्रमणका लागि आज साँझ चीन जाँदै छन । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीलगायत विषयमा छलफलका लागि मन्त्री ज्ञवाली चीन जान लागेका हुन । चिनियाँ विदेशमन्त्री वाङ हीको निमन्त्रणामा चीन जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले बेइजिङमा रहँदा चीनका नेताहरु तथा चिनीया विदेशमन्त्री वाङसँग छलफल गर्नेछन ।

प्रधानमन्त्री भएपछि भारतबाट विदेश भ्रमणको शुरुवात गरेका प्रधानमन्त्री ओलीले वैशाखभित्रै चीनको भ्रमण गर्ने तयारी भैरहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा प्रधानमन्त्रीको चीन भ्रमणको तयारीकासाथै नेपाल र चीनबीच यसअघि भएका सम्झौता र विकास आयोजनामा साझेदारी गर्ने विषयमा पनि छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका रुपमा यसअघि गरेको चीन भ्रमणका क्रममा दुई देशबीच भएको पारवहन सम्झौता, बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना (बीआरआई)लगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १२:५६