१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

पर्यटनमन्त्री अधिकारीलार्इ राष्ट्रिय पर्यटन व्यवसायी संगठनको १६५ सुझाव


२ वैशाख, काठमाडाैँ ।  पर्यटन क्षेत्रको समग्र विकास, प्रवद्र्धन तथा आगामी रणनीतिका लागि नेकपा ९एमाले० पर्यटन प्रवद्र्धन विभाग र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सरकारलाई आफ्ना मागसहित सुझाव पेश गरेको छ ।

विभागका इन्चार्ज सूर्य थापाको नेतृत्वमा गएको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई भेटी सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नका लागि राष्ट्रियस्तरका २४ र प्रदेश तहका १४२ वटासहित १६५ वटा सुझाव र माग बुझाएको हो ।

   दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालय स्थापनाको आवश्यक प्रक्रिया अविलम्ब अघि बढाउनुपर्ने, पर्यटन क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिन पर्यटनमैत्री नीति निर्माण गरिनुपर्ने माग गरिएको छ ।

यस्तै, काठमाडौँको ठमेल, पोखराको लेकसाइड, चितवनको सौराहा र लुम्बिनीमा २४ घण्टा नै पर्यटकीय गतिविधि खुला गरिनुपर्ने तथा काठमाडौँलाई धुलो र प्रदूषणमुक्त बनाउन प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल–निजगढको निर्माण कार्य शीघ्र अघि बढाई निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडो पूरा गरेर भारत र चीनका विभिन्न शहरमा सिधै हवाई उडानको व्यवस्था मिलाउन सुझाव पत्रमा भनिएको छ ।

साथै, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनलाई प्रभावकारी तुल्याई उपयुक्त नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धनलाई जोड दिई सम्पदा पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने सुझाइएको छ ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा खुला गरी अन्तर्राष्ट्रिय उडान व्यवस्थापनलाई सहजीकरण गरिनुपर्ने मागपत्रमा जनाइएको छ ।

मागसहितको सुझावपत्र ग्रहण गर्दै पर्यटनमन्त्री अधिकारीले प्राप्त सुझावलाई अध्ययन गरी कार्ययोजना बनाएर पेश गर्न सम्बन्धित महाशाखालाई आजै निर्देशन दिने बताउनुभयो ।

कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रले दिएको योगदानलाई कम्तीमा २५ प्रतिशत पु¥याउन र पर्यटनमा व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार लागिपरेको भन्दै यो लक्ष्यमा पुग्न निजी क्षेत्रको सक्रिय साझेदारी अपरिहार्य भएको उहाँको भनाइ थियो ।

पर्यटनमन्त्री अधिकारीले न्यूनतम पर्यटकीय पूर्वाधार विस्तारमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै पर्यटन प्रवद्र्धनका लागि प्रदेश र स्थानीय सरकारसँग साझेदारी गरिने उल्लेख गर्नुभयो ।

उहाँले सम्पदा पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र आगामी आर्थिक वर्षभित्र ८० प्रतिशत सम्पदा पुनःनिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई पूर्ण क्षमताका साथ सञ्चालन गरिने र त्यसमा केही कमजोरी देखिए कारबाहीको दायरामा ल्याइने अठोट व्यक्त गर्नुभयो । सबै प्रदेशमा सरोकार भएका विज्ञसँग छलफल गरी सुझाव ल्याइएको एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका पर्यटन प्रवद्र्धन विभागका इन्चार्ज सूर्य थापाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २ बैशाख २०७५, आईतवार २२:०४