नेपाल प्रहरीका सेलीब्रेटी डिएसपी कुमोध ढुंगेल सम्पर्कबिहीन, अख्तियारले भेटेन प्रहरीले खोज्दै
२ साउन, काठमाडौँ । नेपाल प्रहरीका सेलीब्रेटी डिएसपी कुमोध ढुंगेल सम्पर्कबिहीन भएका छन । अख्तियारले खोज्न नसकेपछि डिएसपी ढुंगेलको खोजी प्रहरी प्रधान कार्यालयले गरेको छ । निलम्बनमा रहेका डिएसपी ढुंगेल सम्पर्कबिहीन रहेको भन्दै खोजेर अख्तियारमा उपस्थित गराउन आयोगले पत्र पठाएपछि प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौँलाइ पत्र लेखेर खोजतलास सुरू गरेको छ ।
डाँकाहरूसँग सम्बन्ध राखेर काम गरेको भेटिएपछि प्रहरीले निलम्बन गरेका ढुंगेलविरूद्ध सँगै अख्तियारले अकुत सम्पत्तिको मुद्दा चलाएको थियो । सोहीक्रममा आयोगले बोलाउदा उनी सम्पर्कबिहीन भएका हुन । गत चैत २६ गते काठमाडौंको रानीबारीमा ललेन्द्र शेरचनको घरमा भएको डकैतीमा ढुंगेलको समेत संलग्नता भेटिएको थियो । त्यसपछि प्रहरी मुख्यालयले ढुंगेललाई वैशाख १९ गते निलम्बन गरेको थियो ।
रौतहटको चन्द्रनिगाहपुर ईलाका प्रहरी कार्यालयको ईञ्चार्ज रहेकै अवस्थामा ढुंगेल निलम्बनमा परेका हुन् । महाराजगञ्जमा भेनस रेस्टुरेन्ट सञ्चालन गर्दै आएका ढुंगेलका अनेक धन्दा रहेको उनीबारेका जानकार बताउँछन । उनले इन्काउन्टर विशेषज्ञका रुपमा सेलीब्रेटी बन्ने अवसर पनि पाए । डिएसपी ढुंगेलले दिनेश अधिकारी ‘चरी’ र मनोज पुनको इन्काउन्टर गरेका थिए ।
प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार ०९:०७












