१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

आज दोस्रो निर्वाचन दिवस, राष्ट्रपतिको उपस्थितिमा विशेष कार्यक्रम आयोजना हुँदै


७ फागुन, काठमाडौँ । निर्वाचन आयोगले दोस्रो निर्वाचन दिवस आज विशेष कार्यक्रम गरी मनाउँदै छ । दिवसलाई भव्यताका साथ मनाउन निर्णय गरेको आयोगले शनिबार र आइतबार पनि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विविध कार्यक्रमका साथ दिवसलाई मनाउन लागेको आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन ।

कार्यक्रमको पहिलो दिन शक्रबार आयोग परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । दोस्रो दिन आतबार प्रभातफेरि आयोजना गरियो । प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्तको नेतृत्वमा भएको प्रभातफेरी आयोगबाट सुरु भई दरवार मार्ग, भद्रकाली, सहिद गेट, रत्नपार्क हुँदै पुनः आयोग परिसर पुगेर टुङ्गिएको थियो ।

आयोगले आइतबार नै सांसद, संविधान एवं कानूनविद् तथा राजनीतिक दलका प्रतिनिधिहसँग स्वतन्त्र र स्वच्छ निर्वाचन विषयक अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त, आयोगका सचिव, सहसचिवलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार ०६:२०