५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कपिलवस्तुमा नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु

१ वैशाख, काठमाडाैँ । यहाँको बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भई हाल वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

बाणगंगा बहुमुखी क्याम्पस वोडगाउँमा कक्षा १२ मा अध्ययनरत उनी नयाँ वर्ष मनाउन त्यस ठाउँमा गएका थिए । उनी पौडी खेल्ने क्रममा माथिबाट जम्प गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै सातजना साथी त्यहाँ नयाँ वर्ष मनाउन गएका थिए । रासस

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार २१:२४