५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राष्ट्रपति भण्डारीद्वारा त्रि–दिवसीय साधनाकाे उद्घाटन

१ वैशाख भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यपुरथिमि नगरपालिकास्थित श्यामाश्यामा धाममा आयोजना गरिएको त्रि–दिवसीय साधना एवं राष्ट्रिय साधक भेलाको आज उद्घाटन गरेकी छिन् ।

कार्यक्रममा उनले राधा कृष्ण मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले धामका विभिन्न धार्मिक संरचना र धामले तयार पारेको वृत्तचित्र अवलोकन गरिन ।

कार्यक्रममा संगीता दिदीले धामको अवस्था र साधनाको महत्व माथि प्रकाश पारेकी थिइन् । राष्ट्रपति भण्डारीलाई मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, धामका स्वामी हरिदास, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, ३ नं प्रदेशसभा सदस्य शशीजंग थापा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले स्वागत गरेका थिए ।

तीन दिनसम्म चल्ने साधना एवं भेलामा देशभरबाट साधक तथा साधिकाको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार १५:४७