५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आगलागीबाट २५ लाखभन्दा बढीको क्षति

१ वेशाख,इटहरी । इटहरी उपमहानगरपालिका–१२ खनारस्थित सरस्वती सेलर मिलमा आज बिहान आगलागी हुँदा रु २५ लाखभन्दा बढी मूल्यको क्षति भएको छ ।

मिल परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरबाट आगो लाग्दा मिलमा रहेका कच्चा पद्धार्थ र उपकरणमा गरी रु २५ लाखभन्दा बढी क्षति भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इटहरी इनरुवालगायतका स्थानबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार १४:०९