१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

देशलार्इ विकासको मार्गमा अगाडि बढाउन प्रधानमन्त्री अोलीको आह्वान


१ वैशाख, मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्रुत गतिले अगाडि बढाउन सबैलाई आह्वान गरेका छन् ।

 

नयाँ वर्षका अवसरमा नेपालको ठूलो र मनमोहक रारा ताल रारा किनारबाट आज बिहान देशवासीलाई सम्बोधन गर्दै उनले मुलुकमा क्रियाशील सबै राजनीतिक दललाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका बृहत्तर विषयमा समझदारीका साथ अगाडि बढ्न पनि आग्रह गर्नुभयो ।
उहाँले आजैदेखि प्रारम्भ भएको विसं २०७५ स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका लागि सुस्वास्थ र सफलताको वर्ष हुन सकोस् भन्ने कामना पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउँदै मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ, हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।

प्रधानमन्त्रीले २०७४ साल महत्वपूर्ण राजनीतिक उपलब्धिको साल रहेको उल्लेख गर्दै गत सालमै राजनीतिक संक्रमणकालको अन्त्य हुँदै जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएको बताउनुभयो । उहाँले तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटामा अघि बढ्दै स्थायित्वको नयाँ चरण आरम्भ भएको पनि बताउनुभयो ।

“अहिले पनि के नेपाल बन्छ ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ” भन्ने प्रश्न आफूले पटक पटक सुन्दै आएको बताउँदै उहाँले भन्नुभयो, ‘‘नेपाल बन्छ, बनाउनैपर्छ । हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धा्रित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।’’

प्रधानमन्त्रीले नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको, पराधीन बनाउने सोचहरु कमजोर भएको र विभाजित गर्ने शक्तिहरु किनारा लागेको उल्लेख गर्नुभयो । राष्ट्रहरुबीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र अर्थतन्त्र सानो या ठूलो हुने कुराले होइन, सार्वभौम समानताको विषयले तय गर्ने प्रधानमन्त्रीको भनाइ छ । उहाँले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हाम्रा छिमेकी, सबै मित्र राष्ट्र र अन्तर्रा्ष्ट्रिय समुदायसँग घनिष्ठ सम्बन्ध विकास गरिने बताउनुभयो ।

प्रधानमन्त्रीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ–

आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु !

१. नयाँ वर्ष २०७५ को शुभारम्भमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२. नयाँ वर्षको पहिलो बिहानी प्रकृतिको यस अनुपम सिर्जना राराको आँगनमा उभिएर यहाँहरुलाई सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको छ । रारा आफैँमा प्रतीक हो– हाम्रो प्राकृतिक सौन्दर्य र वैभवको, हाम्रो सम्भावना र भविष्यको । अपरिमित प्राकृतिक र सांस्कृतिक सम्पदा, अनेकौँ सामाजिक र जैविक विविधता र जीवन्त एवं स्वाभिमानी जनता–समृद्धिका लागि आवश्यक सबै कुरा हामीसँग छन् । तर अर्को पृथक परिदृष्य पनि मेरा आँखामा नाचिरहेको छ– नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल छैनन् । सुत्केरी व्यथाले च्यापेका आमाहरुलाई बचाउन हामीसँग पर्याप्त मानवीय र भौतिक संसाधन छैनन् । कर्णालीलगायत नदी अविरल बगिरहेका छन्– तर गाउँ बस्ती अँध्यारै र खेतबारी बाँझै छन् । अनि गर्भ्भित्र अपार सम्भावना बोकेर पनि मानव सूचकाङ्कको पुच्छारमा रहेको यो कर्णाली प्रदेश ठूलो सामाजिक आर्थिक रुपान्तरणको पर्खाइमा छ ।

३. नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौँ, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो । “समृद्ध नेपाल र सुखी नेपाली’ को हाम्रो संकल्पलाई कर्णालीसँगै सिङ्गो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ ।

४. दोस्रो कार्यकाल प्रधानमन्त्रीका रुपमा यहाँहरुसमक्ष उभिन पाउँदा म असाध्यै गौरवान्वित छु । जिम्मेवारी बोधले उत्तिकै गम्भीर पनि भएको छु । तेह्रथुम जिल्लाको एउटा निम्नमध्यम परिवारमा जन्मेर जीवनका अनेकौँ मोड पार गरेर यस विन्दुसम्म आइपुगेको आफ्नो जीवनयात्रालाई मैले परिवर्तनका संवाहक जनताको अदम्य इच्छा शक्तिको परिणाम ठानेको छु । एउटा सामान्य नागरिकलाई मुलुकको कार्यकारी प्रमुख बनाउनसक्ने लोकतान्त्रिक प्रणालीको सामथ्र्यका रुपमा मानेको छु । यसलाई मैले जस्तासुकै प्रतिकूलताको सामना गरेर आफ्नो स्वाभिमान र स्वाधीनता कायम राख्न सफल हाम्रो राष्ट्रको विवेकपूर्ण फैसलाका रुपमा बुझेको छु । यसैले म सार्वभौमसत्ता सम्पन्न नेपाली जनता, सधैँ स्वतन्त्र नेपाल राष्ट्रको माटो एवं लोकतन्त्रप्रति आफ्नो उच्च सम्मान र अविचलित प्रतिबद्धता पुनःप्रकट गर्न चाहन्छु । आदरणीय अग्रजहरु र प्रातःस्मरणीय शहीदहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
आदरणीय जनसमुदाय !

५. अन्योल र अनिश्चयका बीचमा, हिंसा र अस्थिरताका प्रयासलाई छिचोल्दै गतः मंसिरमा सम्पन्न निर्वाचनमा यहाँहरुले हाम्रो पार्टी र वामपन्थी–लोकतान्त्रिक चुनावी तालमेलका पक्षमा अपूर्व विश्वास प्रकट गर्नुभएको छ । यस विश्वासलाई मैले हाम्रो आगामी यात्राको मार्गदर्शन र अग्रगतिका लागि ऊर्जाका रुपमा लिएको छु । यसका लागि म सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु । मलाई प्रधानमन्त्रीका रुपमा प्रस्तावित गर्ने हाम्रो पार्टी नेकपा ( एमाले) र नेकपा (माओवादी केन्द्र), विश्वासकोमत दिने सबै दल र सांसदहरु तथा बधाई एवं शुभकामना व्यक्त गर्ने स्वदेशी–विदेशी मित्रप्रति धन्यवाद ज्ञापन गर्दछु ।

६ गत निर्वाचनमा कतै कठ्याङ्ग्रिँदो चिसो सहँदैत कतै हिंसाको सामना गर्दै, कतै काखमा नानीहरु च्याप्दै त कतै लौरो टेक्दै, अनि कतै स्ट्रेचरमा बोकिँदैत कतै आफन्तको वियोगलाई समेत आफूभित्रै दबाउँदै यहाँहरुले गर्नुभएको मतदान अहिले पनि मेरो आँखामा जीवन्त छ । यसरी तपाइँहरुले मतपेटिकामा खसाउनुभएको मतपत्र सामान्य कागज मात्र थिएन, त्यो निर्वाचन नयाँ युगको प्रवेशद्वार थियो र तपाईहरुले खसाउनुभएको मत त्यही प्रवेशद्वारको ताला खोल्ने साँचो थियो । यस्तो युग, जहाँ स्वाधीन देशका सार्वभौम नागरिकबीच कुनै विभेद र असमानता हुने छैन । यस्तो युग, जहाँ सामाजिक न्याय र लोकतन्त्र हुनेछ । यस्तो युग, जहाँ सबैलाई बराबरी सम्मान र सुरक्षा, बराबरी अधिकार र अवसर प्राप्त हुनेछ । यस्तो युग, जहाँ सुशासन र समृद्धि हुनेछ । यस्तो युग, जहाँ जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध हुनेछ । निर्वाचनमार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै म संकल्प गर्दछु– यहाँहरुका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिइने छैन ।

७. विसं २०७४, उथलपुथल र घटनापूर्ण सालका रुपमा रह्यो । विसं २०७४ महत्वपूर्ण राजनीतिक उपलब्धिको साल रह्यो । विसं ०७४ मै राजनीतिक संक्रमणकालको अन्त्य भयो र जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पायो । तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढ्यो । देशमा स्थायित्वको नयाँ चरण आरम्भ भयो । यसरी निर्वाचन हुन नदिने, संविधान कार्यान्वयनमा व्यवधान खडा गर्ने र मुलुकमा अन्त्यहीन अस्थिरता सिर्जना गर्ने दुष्प्रयास विफल भएका छन् । निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ । हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो ।

अहिलेजनतालेतिनैसमस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन्। द्ध विगतमा जनताको चाहना र संसदको अंक गणितको वीचमा रहेको खाडल यसपटक पुरिएको छ । समृद्धिको आधारशीला खडा गर्ने यस युगीन दायित्व सुम्पनुहुनेयहाँहरुप्रति पुनः एकचोटी कृतज्ञता जाहेर गर्दछु। आदरणीय दाजुभाइ दिदीबहिनीहरु !

८. केनेपाल बन्छ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्नहरुमा मैले पटक–पटक भन्दैआएको छु– नेपाल बन्छ, बनाउनैपर्छ । हो, हरेक चिजको आयुर अबधिकोसीमा हुन्छ । मान्छेकोज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनैनिर्धा्रित आयुछैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनैअतिरिक्त प्रशिक्षणकोपनि खाँचोपर्दैन ।

९. झण्डै तीन बर्ष अघि प्रधानमन्त्रीका रुपमा व्यवस्थापिका–संसदलाई अन्तिम संवोधन गरिरहँदा मैले भनेको थिएँ– यो समयको अन्त्य होइन, प्रक्रिया चालु छ र हामी यहीँ छौं !’ त्यतिबेला हामीले रोपेका विरुवा हुर्काउने, देखेका सपनालाई मूर्त रुप दिने र परिकल्पनालाई व्यवहारमा लागूगर्ने समय पुनः हाम्रा सामुआएकोछ । हामी एकतावद्ध भएका छौं । जनताको भरपर्दो साथ छ । स्थानीय, प्रदेश र सङ्घीय तहसम्मैजनताकोविश्वास प्राप्त प्रतिनिधिहरु नयाँ उर्जाका साथ काम गर्न तत्पर हुनुहुन्छ । नेपाललाई सहयोग गर्न चाहने अन्तर्रा्ष्ट्रिय मित्रहरु पर्खाइमा छन् । हामी, बिना कुनैबहाना र विलम्ब तीव्र बेगमा अगाडि बढ्नेछौं ।

१०. राष्ट्र निर्माणका लागि बलियो आत्मविश्वास चाहिन्छ । भविष्य उज्ज्वल छ भन्ने दृढ विश्वास बिना, आफ्नो देश आफै बनाउन सक्छौं भन्ने उच्च मनोबल बिना र जस्ता सुकैअवरोधका पहाड पनि नाघ्न सकिन्छ भन्नेअदम्य साहस बिना राष्ट्रले सफलता हासिल गर्न सक्दैन । मनोवैज्ञानिक रुपमै छ कमजोर बनेको राष्ट्रले चुनौती सामना गर्न सक्दैन । हामी भित्रै लघुताभाष हुर्काउने, आफ्नैसामथ्र्यप्रति अविश्वास जगाइदिनेर भविष्यप्रति निराशा पैदा गर्ने प्रयासहरु यदाकदा हुनेगरेका छन्। तसर्थ, हाम्रोसर्वोपरि प्रयास राष्ट्रमा भरपर्दो आत्मविश्वास जगाउनेकुरामा केन्द्रित हुनेछ ।

११. नेपाल संसारकै प्राचीनतम राष्ट्रमध्ये एक हो । हाम्रै भूमिमा जन्मेका गौतम वुद्धले हजारौं वर्ष पहिले नै विश्वमा शान्ति, करुणा र अहिंसाको शाश्वत सन्देश छरेका थिए । सयौं बर्ष अगाडि नै सभ्यता, संस्कृति र कलामा नेपालको प्रसिद्धि फैलिइसकेको थियो । काठमाडौं उपत्यका भारत र चीनबीचको व्यापारिक केन्द्र र सांस्कृतिक सेतु थियो । विश्वव्यापी औपनिवेशिक साम्राज्यका बीच पनि नेपाल सधैभरि स्वतन्त्र रहेको थियो । विगतमा हामीले गरेका संघर्ष एवं प्राप्त गरेका राजनीतिक उपलव्धिले पनि विश्वकै ध्यान आकर्षित गरेको छ । यस्तो गौरवपूर्ण इतिहास बोकेको राष्ट्र कसरी पछाडि परिरहन मिल्छ ?

१२. नेपालकोभविष्य सुदृढ र उज्वल छ । नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेकोछ । पराधीन बनाउनेसोचहरु कमजोर भएका छन्। विभाजित गर्ने शक्तिहरु किनारा लागेका छन्। राजनीतिलाई सत्तारोहण र जिम्मेवारीलाई निजी या सङ्कीर्ण समूहगत स्वार्थपूर्तिकोभ¥याङ ठान्नेचिन्तन पराजित भएकोछ । अब विकास या समृद्धिको विषय कुनै अमूर्त वैचारिक मन्थन या सुदूर भविष्यकोकाल्पनिक कथा रहेन । किनभने युग बदलिएकोछ, तदनुरुप हाम्रो जिम्मेवारी पनि बदलिएकोछ । निरङ्कुशतन्त्र र अधिनायकवाद विरुद्ध अब्बल ट साबित हाम्रा पौरखहरु अब गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित हुनेछन्। आदरणीय दाजुभाइ दिदीबैनीहरु !

१३. सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा एवं सम्बर्धन सरकारको सर्वोपरी कत्र्तव्य हुने छ । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हाम्रा छिमेकीहरु, सबै मित्र राष्ट्रहरु र अन्तर्रा्ष्ट्रिय समुदायसँग घनिष्ट सम्बन्ध विकास गरिनेछ । सार्वभौमिक समानता, अहस्तक्षेप र पारस्परिक हित, आपसी सम्मान र विश्वास हाम्रो अन्तर्रा्ष्ट्रिय सम्बन्धको आधार हुने छ । देशप्रेम र न्यायोचित राष्ट्रिय हितलाई खोक्रो राष्ट्रवाद ठान्नेहिनग्रन्थी कसैलेपाल्न हुँदैन भन्नेम ठान्दछु। राष्ट्रहरु बीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र अर्थतन्त्र सानो या ठूलो हुनेकुराले होइन, सार्वभौम समानताको विषयले तय गर्छ । सरकारलेराष्ट्रियतालाई सुदृढ गर्दै अन्तर्रा्ष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा, स्वाभिमान र पहिचानलाई उँचो बनाउनेछ ।

१४. लोकतन्त्र, शासन प्रणालीको मात्रै नाम होइन । लोकतन्त्र प्राप्तिका लागि अनेकौं दशक बलिदानी आन्दोलनमा होमिएका हाम्रा लागि लोकतन्त्र जीवनपद्धति हो, जीवनमूल्य समेत हो । पाँच दशकभन्दा बढी लोकतन्त्र प्राप्तिको आन्दोलनमा खर्चेको आफ्नो उर्जाशील समय र डेढ दशकको मेरो कारावास म यहाँचर्चा गर्न चाहन्न । तर दुनियाँमा लोकतन्त्रका मूल्य मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अंगिकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरुमार्फत शासनसत्ता सञ्चालन गर्ने अद्वितिय विधिको भने यहाँ स्मरण गर्न चाहन्छु। लोकतन्त्र हामी नेपालीका लागि कसैले सापटीमा दिएकोविधि नभएर जीवनपद्दति नै रहेको प्रसंगमा मैले अक्सर शाक्य गणतन्त्र र लिगलिगकोटकोदौडबाट राजा छान्नेउदाहरण दिनेगरेकोछु। पहलकदमी र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्नेलाई नेता छान्ने सांगठनिक विधि म अध्यक्ष रहेको पार्टीले सैद्धान्तिक र व्यवहारिक दुबै हिसावले अपनाउँदै आएको जगजाहेरैछ ।

१५. यस सरकारका कामहरु लोकतन्त्र मानव अधिकार र खुल्ला समाजको अवधारणाबाट निर्दे्शित हुने छन् । सरकारका कार्यक्रमहरु, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जरैसम्म सुदृढ गर्ने दिशामा परिलक्षित हुनेछन । प्रदेश र स्थानीय तहहरुलाई सक्षम, सुदुढ र आत्मनिर्भर बनाउन विशेष भूमिका खेलिनेछ । सहकारिता, समन्वय र एकताकोआधारमा सङ्घ, प्रदेश र स्थानीय तहको सर्वाङ्गीण विकास गरिनेछ । राज्यका नीति निर्माणमा जनताको भूमिका अझ प्रभावकारी होस्, कानुनी हिसाबले मात्र होइन, राज्य यथार्थमै जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित होस्भन्नेकुरा सुनिश्चित गरिनेछ ।

१६. मैले पटक–पटक भन्दै आएको छु– हामीले चाहेको लोकतन्त्र, ‘दल खोल्ने, चुनावमा भाग लिने र बोल्ने–लेख्ने अधिकार भएको लोकतन्त्र मात्रै हैन, कम्प्रिहेन्सीभ (समग्र) लोकतन्त्र हो । आर्थिक अधिकार र सामाजिक न्याय बिनाको लोकतन्त्र, औपचारिक र अधुरो हुन्छ । तसर्थ संविधानले प्रत्याभूत गरेका सामाजिक न्यायका प्रवन्धहरुको कार्यान्वयनका लागि निर्धा्रित समयभित्रै आवश्यक कानूनी, संरचनागत र साधन स्रोतकोव्यवस्था गर्नुपर्छ र गरिनेछ । धनी र गरिब बीच रहेको खाडल बढाउँदै जाने होइन, घटाउनुपर्छ । तसर्थ, समन्यायिक विकासलाई मार्गदर्शक नीतिका रुपमा अवलम्बन गरिनेछ । हाम्रो संविधानले निर्देश गरेको ‘समाजवादउन्मुख राज्य’ निर्माणका लागि सामाजिक उत्पीडन र आर्थिक शोषणका कारण समाप्त पार्ने दिशातर्फ हाम्रा कार्यक्रमहरु परिलक्षित हुनेछन् । निरपेक्ष गरिबी, निरक्षरता, आधारभूत स्वास्थ्य सेवा–यातायात–विद्युत्–खानेपानीजस्ता न्यूनतम सुविधाबाट बञ्चित रहनुपर्ने बाध्यता र पूर्ण बेरोजगारी अब हाम्रा कामका मुख्य निशाना हुनेछन् । निश्चित समयावधिभित्र सबै नागरिकलाई यस्तो अवस्थाबाट मुक्त गर्न सशक्त राष्ट्रिय अभियान सञ्चालन गरिने छ । सबै बालबालिकालाई शिक्षाको अधिकार सुनिश्चित गर्न आजैबाट हामी सबैले सहजकर्ताको भूमिकामा विद्यार्थी भर्ना अभियान शुरु गर्नुपर्छ ।रासस

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार १३:०१