१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

चाइना सेल्स मिसनमा जाने व्यवसायीकाे टाेलीलाई नाट्टाद्धारा विदाइ


१ वैशाख, काठमाडाैँ ।चाइना सेल्स मिसनमा सहभागी हुन जाने टाेलीलाई  नाट्टाले विदाई गरेकाे छ । शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा नाट्टाका अध्यक्ष सिएन पाण्डेले मिसनमा सहभागी हन जाने टाेलीलाई खादा लगाएर विदाई गरे ।

विगतका वर्षहरुमा नेपाल पर्यटन वोर्डको संयोकत्वमा गरिँदै आएको चाईना आउटबाउण्ड ट्राभल एण्ड टुरिजम मार्केट (कटम) सहित नेपाल चाईना सेल्स मिसन नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स नाट्टाको संयोजनमा हुँदैछ ।


यसवर्ष चीनको बेईजिङ,सांघाई,सेनजेन र चेङदुमा हुने हुने चाईना सेल्स मिसनमा संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाको नेतृत्वमा दश नेपाली पर्यटन सेवा प्रदायक कम्पनीले र चाईना सेल्स मिसनमा बीस कम्पनी सहभागी हुने नाट्टाका कार्यसमिति सदस्य तथा नेपाल चाईना सेल्स मिसन–२०१८ का संयोजक सुदर्शन नेपालले वताए ।

सेल्स मिसन वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चिनियाँ पर्यटन व्यवसायिहरुसंग प्रत्येक सहरमा बि टु बि,प्रस सम्मेलन र फ्ल्यास मुभ सिस्टममा नेपाली पोशाक लगाएर नेपालको झण्डा फहराउँदै झाँकी सहितको मार्च पास गरिने कार्यक्रम रहेको नेपालले वताए ।


नाट्टाका अध्यक्ष सिएन।पाण्डेले चीन नेपाल आउने पर्यटकहरुको संख्याका दृष्टिकोणले दोस्रो ठूलो वजार रहेको वताउँदै नेपाल र चीन विचका सवै नाकाहरु खेल्न जरुरी रहेको वताए । त्यसो हुन सकेको खण्डमा नेपाल आउने चीनियाँ पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि हुने पाण्डेको भनाई थियो । यसपटक चाईना सेल्स मिसनलाई प्रभावकारी वनाउन बेईजिङ स्थित नेपाली दुतावासको सहयोगमा नयाँ नयाँ कम्पनीहरुलाई निमन्त्रणा गरिएको र यसपटकको मिसन प्रभावकारी हुने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार ११:०८